शपथ ग्रहण फारामको नमुना
म … … … … … … ईश्वरको नाममा सत्य । निष्ठापूर्वक शपथ लिन्छु कि नगर विकास कोषको सदस्य /कार्यकारी निर्देशक /कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी कोषप्रति बफादार रही भय, पक्षपात वा
द्वेष नराखी लोभ लालच मोलाहिजा नगरी अनुशासनमा रही नगर विकास कोष ऐन, २०५३, नगर विकास कोष नियमावली, २०५४ र सो अन्तर्गत बन्ने विनियमावलीहरूका अधीनमा रही आफ्नो कर्तव्यको पालन गर्नेछु । मलाई ज्ञान हुन आएको कुनै गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरू कसैलाई म आफ्नो पदमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्ने छैन । शपथ ग्रहण गर्नेको शपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारीको
नामः नामः
दस्तखतः दस्तखतः
पदः पदः
मितिः मितिः